कार्यालय जाने तयारी गर्दागर्दै हृदयाघात, पालिका कर्मचारीको निधन

नेपालभ्युज

कार्यालय जाने तयारी गर्दागर्दै हृदयाघात, पालिका कर्मचारीको निधन

कालीकोट । हृदयाघातका कारण महावै गाउँपालिका–३ का प्रशासन सहायक केशरबहादुर सिंहको ३७ वर्षको उमेरमा निधन भएको छ ।

आज बिहान कार्यालय जाने तरखरमा रहेका उनको आफ्नै निवासमा निधन भएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए ।१७ वर्षअघि उनी राष्ट्रसेवामा प्रवेश गरेका थिए ।

उनकी श्रीमती, एक छोरा र दुई छोरी छन् ।

स्वर्गीय सिंहको आजै पादमघाटमा अन्तिम संस्कार गरिने अध्यक्ष सिंहले बताए ।

उनले प्रशासन सहायक सिंहको निधनप्रति दुःख व्यक्त गर्दै पालिकाले एक कुशल राष्ट्रसेवक गुमाएको बताए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved