पूर्व पोर्नस्टारलाई चुप लगाउन रकम दिएको मुद्दामा ट्रम्पविरुद्ध सजाय सुनाइँदै

नेपालभ्युज

पूर्व पोर्नस्टारलाई चुप लगाउन रकम दिएको मुद्दामा ट्रम्पविरुद्ध सजाय सुनाइँदै

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा शपथ लिदैँछन् ।

तर, यसअघि नै उनीहरुमाथि ठूलो सङ्कट आइपरेको छ । शपथ ठीक १० दिनअघि न्यूओर्क अदालतले पूर्वपोर्नस्टारलाई चुप लगाउन रकम दिएको मुद्दामा सजाय सुनाउने भएको छ । जसकारण रिपब्लिकन पार्टीसमेत यो सङ्कटका कारण स्तब्ध छ ।

न्यूओर्कका न्यायाधीश जुआन मार्चेनले जेल सजाय वा जरिवाना या सशर्त रिहाको आदेश दिने आकलन छ ।

ट्रम्पलाई गत मे मा वयस्क फिल्म स्टार स्टर्मी डेनियललाई १ लाख ३० हजार डलर भुक्तानीसँग सम्बन्धित व्यापारिक रेकर्ड झूटो आरोपमा दोषी ठहर गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved