अमेरिकाले आपूर्ति गरेका आठ वटा अत्याधुनिक क्षेप्यास्त्र खसालेको रूसको दाबी

नेपालभ्युज

अमेरिकाले आपूर्ति गरेका आठ वटा अत्याधुनिक क्षेप्यास्त्र खसालेको रूसको दाबी

मस्को । रूसले अमेरिकाले आपूर्ति गरेको अत्याधुनिक (एटिएसिएमएस) क्षेप्यास्त्र खसालेको दावी गरेको छ । रूस विरूद्ध युक्रेनले प्रयोग गरेको एटिएसिएमएस क्षेप्यास्त्रको प्रयोगले मध्य किएभमा हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमण हुनसक्ने चेतावनी दिएको छ ।

निवर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले गत वर्ष युक्रेनलाई रुसविरुद्ध ३०० किलोमिटर (१९० माइल) दूरीका हतियार प्रयोग गर्न अनुमति दिएका थिए।

रूसी रक्षा मन्त्रालयले भनेको छ, “रूसी हवाइ सुरक्षा प्रणालीले अमेरिकामा निर्मित आठ वटा एटीएसीएमएस क्षेप्यास्त्र र ७२ वटा ड्रोन खसालेको छ ।

मन्त्रालयले पूर्वी लुगान्स्क क्षेत्रको केही बस्तीमध्ये एक युक्रेनी गाउँ नादियालाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।

सन् २०२४ मा युक्रेनमा मस्कोले करिब चार हजार वर्ग किलोमिटर (१,५४० वर्ग माइल) क्षेत्रलाई कब्जा गरेको एएफपीले प्राप्त गरेको विश्वस्त तथ्याङ्कले देखाएको छ ।

दुवै पक्षले एक अर्कामाथि सन् २०१९ को सुरुदेखि नै सर्वसाधारणमाथि घातक आक्रमण गरेको आरोप लगाउँदै आएका छन् ।

युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रको एक गाउँमा शनिबार रूसले गरेको आक्रमणमा परी ७४ वर्षीय वृद्धको मृत्यु भएको क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved