व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नु गलत भाष्य : प्रधानमन्त्री

नेपालभ्युज

व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नु गलत भाष्य : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरुले सक्रिय भूमिका निर्वाह गरेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित जनप्रतिनिधिहरुको सम्मान शी लिड्स आइकन कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले अगुवाइ गरेको बताए ।

उनले स्थानीय तहको अध्यक्ष वा उपाध्यक्ष एक पदमा महिला हुनुपर्ने व्यवस्थाले स्थानीय तहको कामकारबाही राम्रो भएको धारणा राखे ।

हिजोका दिनमा छोरीहरुको साक्षरताको स्तरमाथि आउन नसकेकामा आज महिलाहरु शासन गर्ने ठाउँमा पुग्नु राजनीतिक परिवर्तनको उपलब्धि भएको उनको भनाइ थियो ।

उनले व्यवस्थामा परिवर्तन भयो, अवस्थामा परिवर्तन भएन भन्ने गलत भाष्य चिर्न महिला जनप्रतिनिधिहरुको उपस्थिति र सक्रियता नै काफी रहेको बताए । स्थानीय तहमा ४० प्रतिशत जनप्रतिनिधि रहेको भन्दै उनले यसलाई बढाउनुपर्नेमा जोड दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved