अमेरिकामा फर्निचर कम्पनीमा विमान ठोक्कियो, दुई जनाको मृत्यु

नेपालभ्युज

अमेरिकामा फर्निचर कम्पनीमा विमान ठोक्कियो, दुई जनाको मृत्यु

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

एपी न्युजकाअनुसार दक्षिणी क्यालिफोर्नियामा २०० जना काम गरिरहेको फर्निचर निर्माण भवनको छतबाट बिहीबार एउटा सानो विमान दुर्घटना भएको हो ।

दुर्घटनामा १९ जना घाइते भएका छन् । मृत्यु हुनेहरू विमानमा थिए भने घाइतेहरू भवनभित्रै रहेको अनुमान गरिएको छ ।

फुलर्टन प्रहरी विभागले आफन्तलाई सम्पर्क गरेपछि मृतकको पहिचान गरिने जनाएको छ ।

११ जनालाई अस्पताल लगिएको छ, जबकि आठ जनालाई घटनास्थलबाटै उपचार गरिएको प्रहरीले जनाएको छ ।

डिज्नील्याण्डबाट ६ माइल (१० किलोमिटर) टाढा रहेको ओरेन्ज काउन्टीको फुलरटन म्युनिसिपल एयरपोर्टबाट उडान भरेको दुई मिनेटभन्दा कम समयमै विमान दुर्घटना भएको फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरले जनाएको छ ।

सडक पार गर्ने पाङ्ग्रा निर्माता कम्पनी रुसी फोर्जेडको सुरक्षा क्यामेराको फुटेजले भवनमा परेपछि विमानबाट कालो मुस्लो निस्किएको थियो ।

अग्नी नियन्त्रक र प्रहरी घटनास्थलमा पुगेर वरपरका व्यवसायहरू खाली गराएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved