पछिल्लो समय नेपालमा लगातार भूकम्प, १८ दिनमा मात्रै गए ९ वटा

नेपालभ्युज

पछिल्लो समय नेपालमा लगातार भूकम्प, १८ दिनमा मात्रै गए ९ वटा

काठमाडौं । पछिल्लो समय नेपालमा लगातार भूकम्प गइरहेको छ । पछिल्ला १८ दिनमा साना–साना ९ वटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसै पुस २ यता ९ वटा भूकम्प गएका हुन् । पुस २ मा बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको थियो । यसपछि ३ गते पनि सोही जिल्ला केन्द्रविन्दु अर्को भूकम्प गएको पाइएको छ ।

त्यसपछि लगातार मनाङ, बाजुरा, दार्चुला जाजरकोट, बैतडी, सिन्धुपाल्चोक र मुगुमा भूकम्प गएको छ ।

शुक्रबार बिहान मात्रै मुगुको लुमा केन्द्रविन्दु भएर ४‍‍.४ म्याग्निच्युडको भूकम्प गएको हाे ।

यसमध्ये बाजुरामा सबैभन्दा ठूलो भूकम्प गएको छ । पुस ५ मा गएको ५.२ म्याग्निच्युडको भूकम्प सबैभन्दा ठूलो हो ।

गत वर्ष जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले धनजनको ठूलो क्षति पर्याएको थियो ।

यसरी हेर्दा पछिल्लो समय सुदूरपश्चिम र कर्णाली प्रदेशमा बढी भूकम्प गएको पाइएको छ ।

सानातिना भूकम्प गइरहेमा ठूला र विनाशकारी आउने सम्भावना कम हुने विज्ञहरूको तर्क छ ।

हेरौं सूची :

मुगुमा भूकम्पको धक्का


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved