केन्द्रीय कमिटीको कार्यसूची टुङ्ग्याउन एमाले सचिवालय बैठक बस्दै

नेपालभ्युज

केन्द्रीय कमिटीको कार्यसूची टुङ्ग्याउन एमाले सचिवालय बैठक बस्दै
फाइल तस्वीर

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज (बिहीबार) अपराह्न १ बजे केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुँदैछ ।

पार्टी प्रचारविभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा यही पुस २१ र २२ गते हुने केन्द्रीय कमिटी बैठकका ‘एजेण्डा’, समसामयिक राजनीति, कमिटीमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक गतिविधिलगायत विषयमा छलफल हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved