एआईजी किरण बज्राचार्यको बिदाइ

नेपालभ्युज

एआईजी किरण बज्राचार्यको बिदाइ

काठमाडौं । काठमाडौं  उपत्यका प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको बिदाइ गरिएको छ । अब काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख रिक्त भएको छ ।

५६ वर्षे उमेर हदका कारण मंगलबारदेखि अनिवार्य अवकासमा गइने बज्राचार्यलाई सोमबार विशेष समारोहमा बिदाइ गरियो । उनी काठमाडौँ उपत्यका प्रमुख बन्ने पहिलो महिला एआईजी थिइन् ।

बज्राचार्यले २०५१ सालमा प्रहरी निरीक्षकको रूपमा सेवा थालिन् र एआईजी सम्मको उचाईमा पुगेकी थिइन् ।

उनी ३० वर्षे सेवा अवधि पूरा नगरी अवकास भएका हुन् । आगामी चैत ५ गते मात्र उनकाे सेवा अवधि पूरा हुन्थ्यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved