काठमाडौं । आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले ‘पुजारी ग्रन्थी सम्मान योजना’ घोषणा गरेका छन् ।
केजरीवालकाअनुसार दिल्लीका मन्दिर र गुरुद्वाराहरूमा सेवा गर्ने पुजारी र ग्रन्थीहरूलाई यस योजनाअन्तर्गत मासिक १८,००० भारु भत्ता दिइनेछ ।
यस घोषणाको बारेमा जानकारी दिँदै केजरीवालले भने, “हामी मन्दिरमा जान्छौं, पूजा गर्छौं तर हामीले उनीहरूलाई कहिल्यै ध्यान दिएनौँ । आज यो योजनामार्फत उनीहरूलाई सम्मान गर्न हामी यो घोषणा गर्दैछौं कि हाम्रो सरकार बनेपछि १८ हजार रुपैयाँ मानदेय दिइनेछ ।”
“मलाई आशा छ कि भारतीय जनता पार्टी र काङ्ग्रेसका सरकारहरूले पनि यसबाट पाठ सिक्नेछन् र आ-आफ्नो राज्यमा पुजारीहरूलाई सम्मान गर्ने योजनाहरू लागू गर्नेछन् ।”
उनले थप भने, ”यो योजनाको दर्ता भोलिदेखि सुरु हुनेछ । म भोलि कनॉट प्लेसको हनुमान मन्दिरमा जानेछु र त्यहाँका पुजारीहरूको नाम दर्ता गरेर फर्कनेछु ।”
Facebook Comment
Comment