पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा

नेपालभ्युज

पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । दक्षिण अफ्रिका विश्व टेस्ट क्रिकेट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने दोस्रो टोली को हो भन्ने अझै स्पष्ट भइसकेको छैन ।

सेन्चुरियनमा भएको टेस्टमा घरेलु टाेली दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्ध ८ विकेट गुमाएर १५० रन बनाएको थियो । टोलीलाई १४८ रनको लक्ष्य थियो ।

दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले इनिङ्स सम्हाल्दै २६ बलमा ३१ रन बनाए । उनी अविजित रहे ।

पाकिस्तानले पहिलो इनिङ्समा २११ रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिकाले ३०१ रन बनाएको थियो । पाकिस्तानको दोस्रो इनिङ्स २३७ रनमा मात्र सीमित भयो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved