सेयर बजारमा दोहोरो अङ्कको गिरावट

नेपालभ्युज

सेयर बजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक २१ दशमलव १२ अङ्कले घटेर २६०९ दशमलव ५८ को विन्दुमा पुगेको छ ।

आइतबार ३१६ कम्पनीका ६६ हजार ७७४ पटकको कारोबारमा १ करोड १० लाख ९९ हजार २३९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार ७६४ रुपैयाँ रहेको छ ।

आज ६९ कम्पनीको सेयर मूल्य बढ्दा १७२ कम्पनीको घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ  । १३ उपसमूहमध्ये ३ वटा बढ्दा बाँकी राताम्मे छन् । आज प्रभु बैङ्कमा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved