बुमराहको कीर्तिमान : २०० विकेट लिने पहिलो भारतीय फास्ट बलर

नेपालभ्युज

बुमराहको कीर्तिमान : २०० विकेट लिने पहिलो भारतीय फास्ट बलर
तस्वीर साभार : बीबीसी हिन्दी ।

काठमाडौं । मेलबर्नमा जारी बोर्डर–गावस्कर ट्रफीको चौथो टेस्ट क्रिकेटमा भारतीय फास्ट बलर जसप्रित बुमराहले कीर्तिमान बनाएका छन् ।

बुमराह २०० विकेट लिने पहिलो भारतीय फास्ट बलर बनेका हुन् । घरेलु टोली अष्ट्रेलियाका ट्राभिस हेडको विकेट लिएर उनले यो कीर्तिमान बनाएका हुन् ।

यससँगै बुमराह ४४ खेलमा २०० टेस्ट विकेट लिन सफल भएका छन् । यसअघि भारतीय स्पिन बलर रविचन्द्रन अश्विनले ३७ खेलमा यो उपलब्धि हासिल गरेका थिए । बुमराह दोस्रो भारतीय बलर बनेका हुन् ।

बुमराहले आईसीसीको पछिल्लो टेस्ट वरीयतामा ९०४ अंक जोडेका छन् । बलरको वरीयतामा उनी पहिलो स्थानमा छन् ।

आइतबार चौथो दिनको खेल सुरु भएको केही समयपछि भारतको पहिलो पारी ३६९ रनमा समेटिएको थियो । अष्ट्रेलियाले पहिलो पारीमा ४७४ रन बनाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved