३० वर्षको वरिपरि हुँदा अनिवार्य गराउनुपर्ने स्वास्थ्य परीक्षण

नेपालभ्युज

३० वर्षको वरिपरि हुँदा अनिवार्य गराउनुपर्ने स्वास्थ्य परीक्षण

काठमाडौं । यदि तपाईंको उमेर ३० वर्ष वरिपरि छ भने केही स्वास्थ्य परीक्षणहरू गर्नैपर्छ ।

पछिल्लो १० वर्षको तथ्याङ्कलाई हेर्दा कम उमेरका मानिसहरूमा पनि विभिन्न प्रकारका क्रोनिक रोगहरूको जोखिम बढ्दै गएको देखिन्छ । उमेर बढ्दै जाँदा मांसपेशी र हड्डीहरूसँगै रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुँदै जान्छ ।

यसका साथै तौल बढ्ने, मधुमेह हुने जोखिम, मुटुसम्बन्धी समस्याहरू, उच्च रक्तचाप, तनावको जोखिम पनि हुन सक्छ । आउनुहोस् तपाईंको लागि कुन परीक्षणहरू आवश्यक छन् भनेर जानौँ ।

मधुमेह

तपाईंमा मधुमेहका लक्षणहरू नदेखिएको भए पनि वा परिवारमा पहिले कसैलाई पनि मधुमेहको समस्या नभएको भए पनि ३० वर्षको उमेर पछि फास्टिङ प्लाज्मा ग्लुकोज टेस्ट, र्‍यान्डम प्लाज्मा ग्लुकोज टेस्ट, पोस्टप्रान्डियल ब्लड सुगर टेस्ट, एचबीएवनसी जस्ता परीक्षणहरू गराउनु पर्छ । यसका साथै यदि तपाईंका आमाबुवामध्ये कसैलाई सुगरको समस्या थियो भने आफ्नो जोखिमहरूको बारेमा अझ बढी सावधानी अपनाउनुहोस् ।

रक्तचाप

उच्च रक्तचाप नियन्त्रित नभएमा हृदयाघात र स्ट्रोकको कारण बन्न सक्छ । त्यसैले तपाईं घरमै रक्तचाप मापक ल्याएर आफ्नो परीक्षण गर्न सक्नुहुन्छ ।

हड्डी

अस्टियोपोरोसिस भएमा हड्डीहरू कमजोर हुन थाल्छन् र फ्याक्चर हुने जोखिम बढ्छ । त्यसैले तपाईंले डुअल–एनर्जी एक्स–रे एब्जर्पटिओमेट्री स्क्यान गराउनुहोस् । यसले हड्डीहरूमा कमजोरी, भिटामिन डी को कमी र बोन डेन्सिटी पत्ता लगाउन सक्छ ।

थाइराइड

थाइराइड ग्रन्थिमा गडबडीका कारण अन्डर एक्टिभ थाइरोइड वा हाइपोथाइरोइडिज्म हुन सक्छ । यो ग्रन्थिले हर्मोन टीथ्री, टीफो र टीएसएच को स्राव गर्छ, जसले शरीरको मेटाबोलिज्मलाई नियन्त्रण गर्ने काम गर्छ । यीमध्ये कुनै पनि परिवर्तनले शरीरमा गम्भीर परिवर्तन ल्याउन सक्छ ।

सम्पूर्ण रगत गणना

यो परीक्षणको मद्दतले रगतमा भएका रातो रक्त कोशिका, सेतो रक्त कोशिका, हेमोग्लोबिन, प्लेटलेट्स आदिको संख्या थाहा हुन्छ। स्वस्थ रहनको लागि यिनीहरूको सन्तुलित मात्रामा हुनु धेरै जरुरी छ ।

क्यान्सरको ध्यान

हरेक वर्ष स्तन परीक्षण गर्नाले महिलाहरूमा सुरुवाती चरणमा गाँठो बन्नबाट रोक्न मद्दत मिल्छ । महिलाहरूले वर्षको एक पटक प्याप स्मियर र म्यामोग्राम गराउन सक्छन् । पुरुषहरूले प्रोस्टेटसँग सम्बन्धित समस्याहरूको लागि डिजिटल रेक्टल परीक्षण र प्रोस्टेट–स्पेसिफिक एन्टिजेन गराउन सक्छन् । फोक्सो क्यान्सरको लागि एक्स–रे, कोलोरेक्टल क्यान्सरको लागि वार्षिक दिसा परीक्षण आवश्यक छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved