भीरबाट लडेर महिलाको मृत्यु

नेपालभ्युज

सुर्खेत । जाजरकोटमा बाख्रा चराउन जङ्गल गएकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।

नलगाड नगरपालिका-७ खगेनकोटकी ४१ वर्षीया धनी परियारको बाख्रा फर्काउन गएको बेला चिप्लेर भीरबाट खसेर मृत्यु भएको हो ।

परियार बिहीबार अपरान्ह गाउँ नजिकैको कोटखोला जङ्गलमा बाख्रा चराउन गएकी थिइन् ।

साँझ ५ बजेतिर बाख्रा मात्रै घर आएपछि परिवारले खोजी गरेको थियो ।

लडेर अचेत अवस्थामा भेटिएपछि धनीलाई नलगाड आधारभूत अस्पतालमा उपचारमा पुर्‍याइएको थियो । तर, उपचारको क्रममा मृत्यु भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved