दैलेखमा जीप दुर्घटना हुँदा सात जना घाइते

नेपालभ्युज

दैलेखमा जीप दुर्घटना हुँदा सात जना घाइते

सुर्खेत । दैलेखमा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

बिहीबार दिउँसो नारायण नगरपालिकाबाट बेस्तडा बजार जाँदै गरेको कर्णाली प्रदेश क.प्र ०२ ००१ च ०५३५ नम्बरको जीप नारायण नगरपालिका–८ स्थित सिमाडामा दुर्घटना भएको हो ।

घाइते हुनेमा भगवतीमाई गाउँपालिका–२ का १८ वर्षीय दीपक बोहोरा, २४ वर्षीय अनिता रावत, ३ वर्षीय प्रकाश रावत, ३२ वर्षीय गगना विक, ७० वर्षीय लालसरा बिक, ३० वर्षीय दीपक रावत, जुम्ला तिला गाउँपालिका–५का प्रकाश रावत र २४ वर्षीय रोजिना तिरुवा छन् ।

घाइतेलाई दैलेख अस्पताल लगिएको दैलेख ट्राफिक प्रहरी प्रमुख टोपबहादुर महताराले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved