सुर्खेत । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय अहिले सुर्खेतको बराहताल गाउँपालिका–८ र वीरेन्द्रनगर नगरपालिका–२ को गिरीगाड खोला किनारमा बस्दै आएको छ ।
केही समयअघि दैलेखको डुङ्गेश्वर गाउँपालिकामा बस्दै आएको राउटे समुदाय केही समयअघि मात्रै गिरीघाट खोलामा बसाइँ सरेको हो ।
केवल त्रिपालको झुप्रो र केही खरले छाएको छानामा बस्दै आएका राउटे समुदायलाई जाडोले सताएको छ ।
हिउँदको जाडोका कारणले समस्या भएको अहिले खानका लागि समस्या रहेको राउटे दीपक शाही बताउँछन् । ”जाडोका समयमा लुगाको कमी छ,” उनले भने, ”खान चामल पनि छैन ।”
रातमा आगो बालेर रात कटाउने गरेको राउटे हरीबहादुर शाहीले बताए ।
विसं २०७८ को जनगणनाअनुसार हाल यो समुदायमा कुल ४६ घरधुरी छन् भने जम्मा राउटेको जनसङ्ख्या १४३ छ । बाँदरको सिकार तथा जङ्गली फलफूल उनीहरूको प्रमुख आहार हो ।
काठका भाँडाकुँडा बनाएर बिक्री गर्न थालेपछि यो समुदायमा अहिले भने केही परिवर्तन आएको छ ।
तस्वीरहरू-













Facebook Comment
Comment