जाजरकोटमा भूकम्पको धक्का

नेपालभ्युज

जाजरकोटमा भूकम्पको धक्का

काठमाडौं । जाजरकोटमा बिहीबार बिहानै भूकम्पको धक्का महसुस भएको छ ।

बिहान ६ बजेर ३६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

जिल्लाको नायकवाडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

गत वर्ष पनि जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रविन्दु भएर ठूलो भूकम्प गएको थियो ।

२०८० कात्तिक १७ गते ६.४ म्याग्निच्युडको भूकम्प जाँदा डेढ सयभन्दा बढीको मृत्यु भएको थियो । रुकुम पश्चिममा पनि भूकम्पको प्रभाव परेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved