काठमाडौं आए गायक सोनु निगम

नेपालभ्युज

काठमाडौं आए गायक सोनु निगम

काठमाडौं । भारतका चर्चित गायक सोनु निगम काठमाडौं आएका छन् ।

सोनु निगम लाइभ इन नेपाल साङ्गीतिक कार्यक्रमका लागि उनी बुधबार काठमाडौं आएका हुन् ।

काठमाडौंमा सोनु निगमलाई कमेडियन सन्दीप क्षेत्रीलगायत आयोजकले स्वागत गरेका थिए ।

काठमाडौं आएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले समयको निकै चाप भएपनि नेपाली प्रशंसकलाई भेट्न आफू नेपाल आएको बताए । उनले नेपाल आउँदा निकै उत्साहित भएको उल्लेख गरे ।

नेपाली टच नेपालले क्रिसमसको अवसर पारेर सांगीतिक कार्यक्रमको आयोजना गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved