सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुन्छ : मन्त्री गुरुङ

नेपालभ्युज

सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुन्छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबै माथि छानबिन हुने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले सहकारी ठगीमा संलग्नलाई कुनै दलमा आबद्ध भएको कारण छाड्न नसकिने बताएका हुन् ।

रास्वपाका नेतालाई मात्रै सहकारी प्रकरणमा कारबाही गर्‍यो भन्नु गलत भएको उनको भनाइ छ । गुरुङले राज्यले गर्ने छानबिनलाई सबैले सहयोग गर्नुपर्ने र अदालतको आदेशलाई सबैले पालना गर्नुपर्नेमा जोड दिए ।

सरकारका प्रवक्ता समेत रहेका गुरुङले सहकारी सम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय मंगलबारको मन्त्रीपरिषद् बैठकले गरेको जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved