काठमाडौं । अफगानिस्तानको रक्षा मन्त्रालयले पाकिस्तानी सेनाले देशको पक्तिका प्रान्तको बर्मल जिल्लामा हवाई हमला गरेको आरोप लगाएको छ । जसबाट केही मानिसको मृत्यु भएको तथा धेरै घाइते भएको बताइएको छ ।
यद्यपि पाकिस्तानी सेनाले आक्रमणको पुष्टि गरेको छैन । उ हालसम्म यस घटनाबारे मौन छ ।
अफगानिस्तानको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समा तीनवटा पोस्ट गरेको छ । जसमा मारिने र घाइते हुने अधिकांश वजिरिस्तानका शरणार्थी रहेको दाबी गरिएको बीबीसी हिन्दीकाे समाचारमा उल्लेख छ ।
रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘हामी यसको निन्दा गर्छौं र यो हमला अन्तर्राष्ट्रिय नियमको उल्लङ्घन हो । पाकिस्तानले याद राख्नुपर्छ कि यस्ता आक्रमण समस्याको समाधान होइन ।’
‘तेहरिक–ए–तालिबान’ संगठनले आफूविरुद्ध अफगानिस्तानको माटो प्रयोग गरिरहेको पाकिस्तानले पटक–पटक बताइरहेको छ ।
Facebook Comment
Comment