काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले हालै अमेरिकाले चार पाकिस्तानी कम्पनीमाथि लगाएको प्रतिबन्धको कुनै औचित्य नभएको बताएका छन् ।
पाकिस्तानको आणविक कार्यक्रमको उद्देश्य पाकिस्तानको रक्षा गर्नु रहेको बताउँदै शरीफले आफूहरूले यसमा कुनै सम्झौता नगर्ने बताएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।
‘राष्ट्रिय विकास कम्प्लेक्स (एनडीसी) र अन्य पाकिस्तानी संस्थाहरूमा प्रतिबन्ध लगाउनु अनुचित हो,’ उनले भने, ‘पाकिस्तानको आणविक कार्यक्रम कुनै राजनीतिक दलको होइन, यसको २४ करोड जनताको हो । यसमा कुनै सम्झौता हुँदैन ।’
हालै, बाइडन प्रशासनले आणविक हतियारहरूले सुसज्जित पाकिस्तानको लामो दूरीको ब्यालिस्टिक मिसाइल कार्यक्रमसँग जोडिएका चार संस्थाहरूमाथि प्रतिबन्ध लगाएको छ ।
यसमा राष्ट्रिय विकास कम्प्लेक्ससहित यो मिसाइल कार्यक्रम अनुगमन गर्ने सरकारी संस्था समावेश छन् ।
Facebook Comment
Comment