काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेस र नेकपा एमालेको सरकारविरुद्ध खबरदारी सभा गर्ने भएको छ।
मंगलबार राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै ६ महिना नपुग्दै सरकार असफल भएको भन्दै पार्टीको पक्षमा जनमत सिर्जना गर्न र आन्दोलन तयारी गर्न पुस र माघ महिनाभर प्रदेश, जिल्ला र स्थानीय तहमा विरोधका कार्यक्रम र खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी दिएका छन् । ।
‘एमाले-कांग्रेस गठबन्धन सरकार ६ महिना नपुग्दै असफलतातर्फ उन्मुख भएको छ, संसदको पहिलो र दोस्रो दल सम्मिलित सरकारले पनि जनतामा उत्साह पैदा गराउन असफल रहेको र जनचाहना बमोजिम विकास र सेवा प्रवाह दिन चुक्यो’, विज्ञप्तिमा भनिएको छ ।
यस्तै राप्रपाले सरकारलाई ७ बुँदे सहमतिको वाचा र संविधान संशोधनको प्रतिवद्धता स्मरण गराउँदै उक्त समझदारीप्रति गम्भीर हुन आग्रह गरेको छ।
सहकारी पीडित नागरिकको बचत र आर्थिक सुरक्षालाई जोड दिँदै सहकारी समस्यामा गम्भीर बन्न समेत राप्रपाले माग गरेको छ ।

Facebook Comment
Comment