सौर्य एअरलाइन्सको व्यवस्थापन पक्षलाई कारबाही गर्न पीडित परिवारको माग

नेपालभ्युज

सौर्य एअरलाइन्सको व्यवस्थापन पक्षलाई कारबाही गर्न पीडित परिवारको माग

काठमाडौं । सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका पीडित परिवारले व्यवस्थापन पक्षलाई कारबाही गर्न माग गरेको छ ।

जहाज दुर्घटना भएको पाँच महिना बितिसक्दा पनि व्यवस्थापन पक्षबाट न्याय नभएको भन्दै मनुराज, अधिराज,प्रिजा स्मृति समाजले कारबाही गर्न माग गरेको हो ।

गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१को कानूनी व्यवस्थाविपरित योग्यता नपुगेका व्यक्तिहरुसमेत राखेर जाँच अनुसन्धान आयोग गठन भएको र आयोगले सौर्य एअरलाइन्स व्यवस्थापन पक्षसँगको मिलोमतो र आर्थिक चलखेलमा सुनियोजित प्रतिवेदन सार्वजनिक गरेको समाजको आरोप छ ।

सौर्य एयरलाईन्सको बोर्डको निर्णयले उपलब्ध गराउने भनिएको किरिया खर्च उपलब्ध गराउन पहल गरिदिन समाजले आग्रह गरेको छ ।

उक्त घटनामा प्रिजा खतिवडा, मनुराज शर्मा र अधिराज शर्मा अर्यालसहित १८ जनाको निधन भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved