दोहोरो अङ्कले बढ्यो सेयर बजार

नेपालभ्युज

दोहोरो अङ्कले बढ्यो सेयर बजार
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक १४ दशमलव ११ अङ्कले बढेर २६२६ दशमलव ३१ को विन्दुमा पुगेको छ ।

मंगलबार ३१२ कम्पनीका ६४ हजार ९१७ पटकको कारोबारमा एक करोड २७ लाख ४६ हजार ४१० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब २० करोड २२ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

१६७ कम्पनीको सेयर मूल्य बढ्दा ७१ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये बाँकीमा हरियाली छाउँदा निर्माण कम्पनीमा भारी गिरावट आएको छ भने व्यापार कम्पनी पनि राताम्मे छन् ।

तीन कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा जानकी फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved