रवि राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित

नेपालभ्युज

रवि राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित भएका छन् ।

सहकारी ठगीका साथै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता भएपछि सङ्घीय संसद् सचिवालयले सोमबार लामिछानेलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन गरेको थियो ।

प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेसँगै राज्य व्यवस्था समितिको सदस्यसमेत नरहेको राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले बताएका हुन् ।

लामिछाने राज्य व्यवस्था समितिमा सदस्य थिए ।

प्रतिनिधिसभा सदस्य निलम्बनविरुद्ध रास्वपा अदालत जाने तयारीमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved