कोमोमाथि जित निकालेर इन्टर मिलानले अंक दूरी घटायो

नेपालभ्युज

कोमोमाथि जित निकालेर इन्टर मिलानले अंक दूरी घटायो

काठमाडौं । इटालियन सिरी ‘ए’ फूटबलमा सोमबार राति इन्टर मिलानले कोमोलाई २–० ले गाेलअन्तरले हराएको छ ।

यो जितपछि इन्टरले शीर्ष स्थानको अंक दूरी घटाएको छ । एक खेल कम खेलेको इन्टर ३७ अंकसहित तेस्रो स्थानमा छ ।

जारी लिगमा १७ खेल खेलेको एटलान्टा ४० अंकसहित शीर्ष तथा नापोली ३८ अंकसहित दोस्रो स्थानमा छन् ।

इन्टरको जितमा कारिओस अगुइस्टो र मार्कस थुरामले समान एक–एक गोल गरेका थिए । दुबै गोल दोस्रो हाफमा सम्भव भएका हुन् ।

घरेलु मैदान सान सिरोमा भएको खेलमा अगुइस्टोले ४८ औँ तथा थुरामले अन्तिम समयमा गोल गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved