सभापति देउवाले नै गुट फस्टाउने काम गर्नुभयो : शेखर कोइराला

नेपालभ्युज

सभापति देउवाले नै गुट फस्टाउने काम गर्नुभयो : शेखर कोइराला
फाइल फोटो

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेर बहादुर देउवाको कार्यशैलीको विरोध गरेको छ ।

सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौंमा आयोजित किसुनजीको जीवन र व्यक्तित्व विषयक विचार गोष्ठीमा कोइरालाले पार्टीलाई आफ्नो अनुकुल ढङ्गले अघि बढाएको भन्दै पार्टी सभापति देउवाको कार्यशैलीको विरोध गरेका हुन् ।

आफ्ना कुराहरुलाई पार्टी सभापतिले गम्भीरतापूर्वक नलिएका कारण समय/समयमा पार्टीभित्र भागबण्डाको कुरा उठ्ने गरेको उनले बताए ।

पार्टी सभापतिले अन्य नेताहरुको कुरा नसुन्दा राजनीति गर्नेहरुलाई अप्ठेरो पर्ने उनको भनाइ छ । कोइरालाले गुटलाई फस्टाइदिने काम पार्टी सभापतिले गरेको आरोप समेत लगाए ।

कोइरालाले विभिन्न कारणले अहिले पार्टीभित्र विचलन देखिएको कुरालाई सबैले स्वीकार गर्नुपर्ने धारणा राखे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved