ब्राजिलमा विमान दुर्घटना : एकै परिवारका १० जनाको मृत्यु, १७ घाइते

नेपालभ्युज

ब्राजिलमा विमान दुर्घटना : एकै परिवारका १० जनाको मृत्यु, १७ घाइते

काठमाडौं । ब्राजिलको ग्रामाडो सहरमा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

यस घटनामा १७ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । जसमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ ।

निजी विमान दुर्घटना भएकाले मृत्यु हुने सबै मानिस एकै परिवारका सदस्य रहेका छन् ।

विमान आइतबार बिहान ब्राजिलका व्यापारी लुइज क्लाउडियो ग्यालेजीले उडाएका थिए ।

दुर्घटनामा लुइससँगै उनकी श्रीमती, तीन छोरी र परिवारका अन्य सदस्यको मृत्यु भएको छ । उनको कम्पनीको तर्फबाट एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

सानो विमान पहिले भवनको चिम्नीमा र त्यसपछि घर तथा पसलमा ठोक्किएको बताइएको छ । दुर्घटनामा सो क्षेत्रका भवनमा पनि क्षति पुगेको छ ।

ब्राजिलका सञ्चारमाध्यमका अनुसार ६१ वर्षीय व्यापारी लुइस आफ्नो परिवारलाई यात्रामा लिएर जाँदै थिए । विमान दुर्घटनाको कारण खराब मौसम रहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved