सेयर बजारमा दोहोरो अङ्कको गिरावट

नेपालभ्युज

सेयर बजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १३ दशमलव ५३ अङ्कले घटेर २५८३ दशमलव २९ को विन्दुमा पुगेको छ ।

आइतबार ३१९ कम्पनीका ५७ हजार ८६३ पटकको कारोबारमा ९१ लाख ८० हजार ७१८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार १०७ रुपैयाँ रहेको छ ।

८५ कम्पनीको सेयर मूल्य बढ्दा १५३ कम्पनी राताम्मे छन् भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । आज रिभर फल्स पावर लिमिटेडमा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved