शान्तिपूर्ण राजनीतिमा आएका नेताविरुद्धको मुद्दा फिर्ता लिने प्रस्ताव हटाउने कानुनमन्त्रीको घोषणा

माओवादीको असन्तुष्टि

नेपालभ्युज

शान्तिपूर्ण राजनीतिमा आएका नेताविरुद्धको मुद्दा फिर्ता लिने प्रस्ताव हटाउने कानुनमन्त्रीको घोषणा
फाइल तस्वीर ।

काठमाडौं । सरकारले शान्तिपूर्ण राजनीतिमा आएका दलका नेताहरूविरुद्धको मुद्दा फिर्ता लिने प्रावधान फिर्ता लिने प्रस्ताव गरेको छ ।

आइतबार बसेको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तावित विधेयकको दफा ६४ फिर्ता लिने घोषणा गरेका हुन् ।

केही नेपाल ऐन संशोधन विधेयकको दफा ६४ मा यससम्बन्धी व्यवस्था प्रस्तावित छ । जसमा सशस्त्र द्वन्द्वमा वा भूमिगत रहेको राजनीतिक शक्ति शान्तिपूर्ण राजनीतिमा आए जुनसुकै अदालतको जुनसुकै तहमा रहेको मुद्दासमेत सरकारले फिर्ता लिनसक्ने प्रावधान छ ।

यो विधेयक प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा विचाराधीन छ ।

समितिको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टी शान्तिपूर्ण राजनीतिमा आएपछि केही मुद्दा फिर्ता भइसकेको जानकारी दिए ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले भने केही नेपाल ऐनको दफा ६४ फिर्ता लिने सरकारको प्रस्तावमा असहमति राखेको छ ।

माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले असन्तुष्टि पोखेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved