आईएमई पेबाट ट्राभल बुकिङमा शतप्रतिशत क्यासब्याक

नेपालभ्युज

आईएमई पेबाट ट्राभल बुकिङमा शतप्रतिशत क्यासब्याक

काठमाडौं । डिजिटल वालेट आईएमई पेले क्रिसमस र नयाँ वर्ष २०२५ को अवसर पारी ट्राभल बुकिङमा शतप्रतिशत क्यासब्याक अफर सार्वजनिक गरेको छ।

पुस ५ देखि १७ गतेसम्म १३ दिनको लागि चल्ने अफरमा सेवाग्राहीले आईएमई पे मार्फत आन्तरिक हवाइ टिकट, बस टिकट र केबलकार टिकट खरिदमा दैनिक शतप्रतिशत क्यासब्याक जित्ने मौका पाउनेछन्।

अफरभर हरेक दिन आईएमई पेबाट आन्तरिक हवाइ टिकट काट्ने १ जना भाग्यशाली सेवाग्राही, बस टिकट काट्ने ३ जना भाग्यशाली सेवाग्राही र केबलकार टिकट काट्ने १० जना भाग्यशाली सेवाग्राहीले खरिद गरिएको टिकट मूल्यको शतप्रतिशत क्यासब्याक जित्ने मौका रहेको कम्पनीले जनाएको छ।

विजेताहरू दैनिक लक्की ड्रमार्फत छानिने कम्पनीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved