‘रमेश विकल-सुशीला नारीसेवा सम्मान पुरस्कार २०८१’ चिनीमाया माझीलाई

नेपालभ्युज

‘रमेश विकल-सुशीला नारीसेवा सम्मान पुरस्कार २०८१’ चिनीमाया माझीलाई

काठमाडौं । नेपाल माझी उत्थान सङ्घकी अध्यक्ष चिनीमाया माझी ‘रमेश विकल-सुशीला नारीसेवा सम्मान पुरस्कार-२०८१’ बाट पुरस्कृत भएकी छिन् ।

शनिबार रमेश विकल स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रममा उनलाई रण काफ्लेद्वारा लिखित ‘मस्यकन्याको मुलुकमा’ नियात्राका लागि सो पुरस्कारबाट सम्मान गरिएको हो ।

माझी करिब ३ दशकदेखि सीमान्तकृत माझी समुदायको हकहित र उत्थानको विषयमा आवाज उठाउँदै आइरहेकी छिन् । आईएसम्मको अध्ययन गरेकी चिनीमाया समाज सेवाबाट सीमान्तकृत जनजातिको उत्थानमा सक्रिय छिन् ।

कार्यक्रममा बोल्दै माझीले सीमान्तकृत समुदायको विषयमा साहित्यकारहरुको कलम चल्नु आवश्यक रहेको बताइन् । साथै, उनले नियात्रा लेखक काफ्लेलाई धन्यवाद पनि दिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved