यस्तो छ आज देशभरको मौसम

नेपालभ्युज

यस्तो छ आज देशभरको मौसम

शनिबार देशका विभिन्न प्रदेशमा मौसम आ-आफ्नै रूपले बदलिँदै छ । हिमाल, पहाड, र तराईमा फरक प्रभाव देखिने अनुमान गरिएको छ ।

काेशी प्रदेश

-दिउँसो :
हिमाली क्षेत्रमा आंशिक बदली रहने र एक-दुई स्थानमा हल्का वर्षासँगै फाटफुट हल्का हिमपातको सम्भावना। पहाडी क्षेत्रमा पनि आंशिक बदलीको सम्भावना छ। तराईमा भने मौसम सफा रहनेछ।
– राति:
हिमाली क्षेत्रमा हल्का हिमपात र फाटफुट बदली जारी रहनेछ। पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईमा आंशिक बदलीको सम्भावना छ।

मधेस प्रदेश

– दिउँसो:
तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
– राति:
तराई क्षेत्र रातभर सफा रहने सम्भावना।

बागमती प्रदेश

– दिउँसो:
हिमाली र पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना छ। तराईमा भने मौसम सफा रहनेछ।
– राति:
हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहिरहनेछ। तराईमा सफा मौसम रहनेछ।

 गण्डकी प्रदेश

– दिउँसो:
हिमाली र पहाडी क्षेत्र आंशिक बदली हुने अनुमान। तराई क्षेत्र भने सफा रहनेछ।
– राति:
हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहिरहनेछ। तराई क्षेत्र मुख्यतया सफा रहनेछ।

लुम्बिनी प्रदेश

-दिउँसो:
पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
– राति:
पहाडी र तराई क्षेत्रमा मौसम सफा रहनेछ।

कर्णाली प्रदेश

– दिउँसो:
हिमाली र पहाडी क्षेत्र सफा रहने अनुमान।
– राति:
हिमाली र पहाडी क्षेत्रमा सफा मौसम रहनेछ।

सुदूरपश्चिम प्रदेश

– दिउँसो:
हिमाली, पहाडी, र तराई क्षेत्रमा मुख्यतया सफा मौसम रहनेछ।
– राति:
तीनै क्षेत्रमा मौसम सफा रहनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved