काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को आजको उपाधि भिडन्तमा सहोदर दाजुभाइ आरिफ शेख र आसिफ शेख आमनेसामने हुनेछन् ।
दुवै राष्ट्रिय क्रिकेट टिमका सदस्य हुन् र आजको खेलमा फरक फरक टिमबाट प्रतिस्पर्धा गर्दैछन् ।
यसअघि तेस्रो पटक दाजुभाइको भिडन्त हुन लागेको हो। आरिफ सुदूरपश्चिम रोयल्सका लागि खेलिरहेका छन् भने आसिफ जनकपुर बोल्ट्सको प्रतिनिधित्व गर्दैछन् ।
आसिफ जनकपुर बोल्ट्सका मार्की प्लेयर पनि हुन् र दुवै टिमले एनपीएलको पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दैछन् । पछिल्ला दुवै खेलमा सुदूरपश्चिमले जनकपुरलाई हराएपछि यो भिडन्त थप रोचक बनेको छ ।
तर, दाजुभाइको व्यक्तिगत प्रदर्शन भने अपेक्षाभन्दा कमै भएको छ । आरिफले धेरै रन बनाउन सकिरहेका छैनन् भने आसिफ पनि ठूलो स्कोर बनाउन असफल छन् । यद्यपि, आसिफ विकेटकिपरको भूमिकामा छन् र आफ्नो टिमको लागि महत्वपूर्ण योगदान दिन प्रयासरत छन् ।
एनपीएलको अक्सनमा आरिफलाई सुदूरपश्चिमले १५ लाखमा किनेको थियो भने आसिफले मार्की खेलाडीको रुपमा २० लाख पाएका छन् । दुवै भाइको बीचमा रहेको प्रतिस्पर्धा र परिवारको समर्थनले यस खेललाई अझ रोमाञ्चक बनाउँछ । आरिफलाई आमाले समर्थन जनाएकी छन् भने आसिफलाई बुबाले साथ दिएका छन् ।
आजको खेलमा दाजुभाइको भिडन्त मात्रै होइन, परिवारको समर्थन पनि एक अर्को रोचक पक्ष बन्नेछ ।
Facebook Comment
Comment