प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा इन्डोस्कोपी

नेपालभ्युज

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा इन्डोस्कोपी

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको इन्डोस्कोपी गरिएको छ । बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री ओलीको इन्डोस्कोपी गरिएको हो ।

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहका अनुसार उनको नियमित स्वास्थ्य जाँचको क्रममा इन्डोस्कोपी गरिएको हो ।

शरीरमा घाउ नपारी शरीरको भित्री भाग परीक्षण गर्ने प्रक्रिया नै इन्डोस्कोपी हो । जसमा शरीरको भित्री भागको अवस्था नजिकबाट हेर्न इन्डोस्कोप (उपकरण) प्रयोग गरिन्छ । यसलाई मुखबाट छिराएर खाद्यनली, पेटलगायतमा के भएको छ भनी प्रष्ट रूपमा मोनिटरमा हेर्न सकिन्छ ।

इन्डोस्कोपी गरेपछि प्रधानमन्त्री ओली बिहीबार दिनभर बालुवाटारमै आराम गरेर बसेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved