दलितको छोराको लेखक बन्ने सपना देखाइएको प्रकाश सपूतको फिल्मको छायाङ्कन सकियो

नेपालभ्युज

दलितको छोराको लेखक बन्ने सपना देखाइएको प्रकाश सपूतको फिल्मको छायाङ्कन सकियो

काठमाडौं । विपन्न दलित समुदायको छोराको लेखक बन्ने सपना बोकेको फिल्म ‘वसन्तको सम्पूर्ण छायाङ्कन सकिएको छ ।

गायक तथा अभिनेता प्रकाश सपुतको डेब्यु निर्देशकीय फिल्म ३८ दिनमा छायाङ्कन प्याकअप गरिएको हो । बुधबार सिनेमाको अन्तिम सट खिच्दै काठमाडौंमा इन्डक्ल्याप गरिएको हो ।

चैत्र २२ गते चैतेदशैँको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको सिनेमा निर्माणमा आफू र आफ्नो टिमले निकै मेहनत गरेको अभिनेता तथा निर्देशक सपुतले बताए ।

फिल्म सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा छायाङ्कन गरिएको छ । सिनेमामा प्रकाश सपुतसहित स्वस्तिमा खड्का, प्रभातपाल ठकुरी, खड्कबहादुर पुन (खबपु), शिवांशी श्री, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायतका कलाकारको अभिनय छ ।

यो सोसल ड्रामा सिनेमामा कथा, पटकथा र सङ्गीत पनि सपूतले नै तयार पारेका हुन् ।

विपन्न दलित समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved