सेयर बजार राताम्मे, २११ कम्पनीको मूल्य घट्यो 

नेपालभ्युज

सेयर बजार राताम्मे, २११ कम्पनीको मूल्य घट्यो 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३१ दशमलव ४३ अंकले घटेर २५९६ दशमलव ८२ को विन्दुमा पुगेको छ ।

बिहीबार ३१० कम्पनीका ५५ हजार ९८९ पटकको कारोबारमा ९८ लाख ३२ हजार ३०८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ७६ करोड २ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

१३ उपसमूहमध्ये सबै राताम्मे भएका छन् भने सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । २९ कम्पनीको मूल्य बढ्दा २११ कम्पनीको घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज जानकी फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved