काठमाडौं । अभिनेता दयाहाङ राई र बुद्धि तामाङको निर्माणमा तयार भएको नाटक ‘हरि हजुरबा’ थापागाउँ स्थित मण्डला थिएटरमा पुस ४ गतेदेखि मञ्चन हुन लागेको छ।
नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा बनेको ‘हरि हजुरबा’ मा बक्स अफिसमा सुपर हिट बनेको ‘पूर्ण बहादुरको सारङ्गी’ का अभिनेता विजय बरालको अभिनय रहेको छ।
बरालसँगै नाटकमा निर्देशक हुसेन, रियुल्साङ राई, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतले अभिनय गरेका छन्।
अभिनेता बराल नाटक ‘मितज्यू’ पछि मञ्चमा देखिन लागेका हुन् भने अभिनेता हुसेन करिब १० वर्षको अन्तराल पछि नाटकमा फर्किएका हुन्।
द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइलाई उजागर गर्ने यस नाटकमा चिठी पुर्याउदै हिँड्ने हुलाकी केटो हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको मार्मिक कथा समेटिएको छ।
Facebook Comment
Comment