रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

नेपालभ्युज

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति
फाइल तस्वीर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

मंगलबार जिल्ला अदालत कास्कीले थप चार दिनको समय दिएको श्रेस्तेदार राजन खनालले जानकारी दिए ।

प्रहरीले सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपको अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ ।

लामिछानेसहित ५१ जनामाथि अनुसन्धान सकेर प्रहरीले सोमबार बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनमा १ अर्ब ५१ करोड बिगो मागदाबी गरिएको छ ।

प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा कारबाहीका लागि माग दाबी गर्दै प्रतिवेदन तयार गरेको हो ।

रवि विरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा, जेल जालान् कि छुट्लान् ? यस्तो छ प्रक्रिया

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved