एनपीएलमा आज छैनन् कुनै खेल, भोलि एकैदिन क्वालिफायर र एलिमिनेटर

नेपालभ्युज

एनपीएलमा आज छैनन् कुनै खेल, भोलि एकैदिन क्वालिफायर र एलिमिनेटर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफ समीकरण पूरा भएसँगै आज (मंगलबार) कुनै खेल तालिका राखिएको छैन । आजको विश्रामपछि भोलि (बुधबार)देखि प्लेअफका खेल हुनेछन् ।

सोमबार लिग चरणको अन्तिम खेल सकिएसँगै क्वालिफायर र एलिमिनेटरमा प्रतिस्पर्धा गर्ने टोलीको छिनोफानो भएको थियो ।

बुधबार बिहान ९ बजे सुरु हुने एलिमिनेटरमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै दिउँसो १ सुरु हुने पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

क्वालिफायरमा जित हासिल गर्ने टोलीले फाइनलमा स्थान पक्का गर्नेछ । पराजित टोलीले भने दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो क्वालिफायरमा विजयी भएको टोलीले भने फाइनलमा स्थान पक्का गर्नेछ । सो खेल बिहीबार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

शनिबार हुने एनपीएलको फाइनल सवा १२ बजे सुरु हुनेछ ।

एनपीएल प्ले अफ : यी हुन् चार टोलीका मुख्य हतियार, कसले जित्न सक्ला उपाधि ?

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved