वर्षमान भन्छन् – ओली भारतलाई देखाइदिने मनसायले हारगुहार गरेर चीन जानुभएको हो

नेपालभ्युज

वर्षमान भन्छन् – ओली भारतलाई देखाइदिने मनसायले हारगुहार गरेर चीन जानुभएको हो

पर्वत । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त)ले चार महिनासम्म भारत जाने प्रयास सफल नभएपछि प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा गएको बताएका छन् ।

माओवादी केन्द्र जलजला गाउँपालिकाको तेस्रो अधिवेशन उद्घाटन गर्दै पुनले भारत र चीन दुबैसँग सन्तुलित सम्बन्ध कायम गरेर उनीहरुको आर्थिक विकासबाट नेपालले आर्थिक लाभ लिनसक्ने उल्लेख गरे ।

प्रधानमन्त्री चीन भ्रमणमा गएको विषयमा नभई पहिला भारत जाने प्रयास असफल भएपछि उसलाई देखाइदिने मनसाय बोकेर चीन गएकामा आफूहरुले आपत्ति जनाएको पुनको भनाइ थियो ।

पूर्ववर्ती पुष्पकमल दाहाल सरकारले सन्तुलित परराष्ट्र नीति अपनाएर चीनसँग ठूला विकास परियोजनामा सहयोग लिएको र भारतमा १० हजार मेगावाट विद्युत् निर्यातसम्बन्धी समझदारी गरेको स्मरणसमेत पुनले गराए । तर, वर्तमान सरकारले छिमेकीहरुका बीचमा असन्तुलित सम्बन्ध राख्न खोजेकाले आफ्ना प्रचण्डले खबरदारी गरेको उनले बताए ।

पुनले भ्रष्टाचारी जोगाउन बिचौलियाहरुले कांग्रेस र एमाले मिलाएर वर्तमान सरकार बनाएको भन्ने आफूहरुको आरोप घटनाक्रमहरुले पुष्टि गरेको दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved