बढ्यो सुनको मूल्य

नेपालभ्युज

बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज (सोमबार) तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार १ प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ५१ हजार २०० ले कारोबार भइरहेको छ ।

यसअघि शुुक्रबार र आइतबार लगातार सुनको मूल्य घटेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने थोरै घटेको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved