पत्रकार महासंघ उपत्यका प्रदेश अध्यक्षमा टेनिस रोका निर्वाचित

नेपालभ्युज

पत्रकार महासंघ उपत्यका प्रदेश अध्यक्षमा टेनिस रोका निर्वाचित

काठमाडौं ।  नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको अध्यक्षमा टेनिस रोका (टेकबहादुर रोका) निर्वाचित भएका छन् । आइतबार सार्वजनिक अन्तिम मत परिणामअनुसार रोकाले छ सय ४८ मत प्राप्त गर्दा प्रतिस्पर्धी मोहनप्रसाद पन्तले चार सय १० र शिव बस्नेतले ९३ मत प्राप्त गरे ।

उपत्यका प्रदेशको उपाध्यक्षमा रोजिना थापा छ सय ८३ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी कालिकाबहादुर महतले चार सय १६ मत पाए । उपाध्यक्ष महिलातर्फ रमा न्यौपाने छ सय ८८ मतसहित विजयी हुँदा प्रतिस्पर्धी सतिदेवी उप्रेतीले तीन सय ६३ मत पाईन्।

महासचिव पदमा आशिष गुरागाईं पाँच सय ६७ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी रामचन्द्र दुलालले पाँच सय नौ मत पाए । उपत्यका प्रदेशको सचिव पदमा अजित अधिकारी छ सय ३१ मतसहित विजयी हुँदा प्रतिस्पर्धी अमिर लामा स्याङ्बोले चार सय ४४ मत पाए । समावेशी सचिवतर्फ प्रवीण श्रेष्ठ विजयी  भएका छन । उनले छ सय १९ मत पाए भने प्रतिस्पर्धी मोहन वल्लले दुई सय ६३ मत प्राप्त गरे ।

कोषाध्यक्षमा सन्जिप घिमिरे चार सय ७७ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नीरज रञ्जीतले तीन सय ५२ मत पाएका छन् ।

यसैगरी, खुला छ सदस्यमा घनश्याम अधिकारी (वैरागी जेठा), चन्द्रजित मोक्तान, भीमराज खड्का, रनसुर महतारा, रामशरण काफ्ले र रोशन क्षेत्री विजयी भएका छन् । महिला तीनजना सदस्यमा उमा शर्मा, विष्णुकुमारी पौडेल र रमिला पोखरेल (योञ्जन) निर्विरोध निर्वाचित भएका छन् ।

दलित सदस्यतर्फ लिलामाया नेपाली, जनजाति सदस्यमा शैलेश डङ्गोल र सुरेश सायजु विजयी भएका छन् । मधेशी र अल्पसङ्ख्याक सदस्यमा क्रमशः प्रदीप मण्डल र भक्ति शाह निर्विरोध निर्वाचित भएका छन् ।

महासंघको उपत्यका प्रदेशअन्तर्गत काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला शाखा रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved