चार जना सवार स्कुटर दुर्घटना : बाबु छोरीको मृत्यु, आमा छोरा घाइते

नेपालभ्युज

चार जना सवार स्कुटर दुर्घटना : बाबु छोरीको मृत्यु, आमा छोरा घाइते

बर्दिया । बर्दियामा स्कुटर दुर्घटना हुँदा बाबु छोरीको मृत्यु भएको छ ।

आइतबार गुलरिया जिल्ला अस्पतालस्थित हुलाकी सडकमा रोकिएको भे १ त ९०६२ नम्बरको ट्याक्टरमा बा ६८ प ७०३६ नम्बरको स्कुटर ठोक्किएर २ जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी केदार खनालका अनुसार दुर्घटनामा सप्तरीका ३२ वर्षका रामकुमार साह र छोरी ६ वर्षकी विद्याको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

साहका पत्नी र छोरा घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्कुटरमा चार जना सवार रहेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved