पोखराले टस जितेर फिल्डिङ रोज्यो, ब्याटिङमा सुदूरपश्चिम

नेपालभ्युज

पोखराले टस जितेर फिल्डिङ रोज्यो, ब्याटिङमा सुदूरपश्चिम

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज (आइतबार)को दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

सुदूरपश्चिम पहिले ब्याटिङमा उत्रिएको छ ।

पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङ रोजेपछि दीपेन्द्रसिंह ऐरी नेतृत्वको सुदूरपश्चिम ब्याटिङमा उत्रिएको हो ।

खेल कीर्तिपुरको त्रिवि मैदानमा दिउँसो १ बजे सुरु भएको छ ।

आजै भएको पहिलो खेलमा काठमान्डु गुर्खाजले विराटनगर किंग्समाथि १ विकेटको रोमाञ्चक जित हात पारेको हो । यससँगै काठमान्डुले प्लेअफ सम्भावना जीवितै राखेको छ ।

सम्बन्धित समाचार :

विराटनगरमाथि काठमान्डुको एक विकेटको रोमाञ्चक जित, प्लेअफ सम्भावना कायमै

विजेता टोली काठमान्डुका १९ वर्षीय दीपेश बने ‘प्लेयर अफ दी म्याच’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved