पत्रकार महासंघ निर्वाचन : निर्मला शर्मा एक हजारभन्दा बढी मतले अगाडि

नेपालभ्युज

पत्रकार महासंघ निर्वाचन : निर्मला शर्मा एक हजारभन्दा बढी मतले अगाडि

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा एक हजारभन्दा बढी मतले अगाडि छिन् । शनिबार बेलुकी ७ बजेसम्मको मतगणना अनुसार शर्माले ३ हजार ९७३ मत पाउँदा अध्यक्षका अर्का प्रत्यासी रमेश विष्टले २ हजार ८२९ मत पाएका छन् ।

उनी नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार हुन् भने  प्रेस युनियनका विद्रोही विष्टलाई प्रेस सेन्टर र समाजवादी प्रेस संगठनको समर्थन छ ।

महासंघको अध्यक्षमा शर्मा, विष्टसँगै देवीप्रसाद सापकोटा र लालसिंह लामा पनि चुनावी मैदानमा छन्  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved