राशिदले लिए तेस्रो विकेट, दिलिप २७ रनमा आउट

नेपालभ्युज

राशिदले लिए तेस्रो विकेट, दिलिप २७ रनमा आउट

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सविरुद्ध काठमान्डु गुर्खाजका राशिद खानले आफ्नो तेस्रो विकेट लिएका छन् ।

राशिदले दिलिप नाथलाई २७ रनमा आउट गर्दै आफ्नो तेस्रो विकेट लिएका हुन् ।

यसअघि, ५.६ ओभरमा उनले दिनेश खरेल ३८ रनमा आउट गरे ।

७.२ ओभरमा आफ्नो दोस्रो विकेट लिइँदै राशिदले कप्तान कुशल भूर्तेललाई ७ रनमा आउट गरेका थिए ।

यसलगत्तै एकै ओभरमा करण केसीले २ विकेट लिए । उनले १६.१ ओभरमा माइकल लिस्कलाई १ र १६.२ मा नारायाण जोशीलाई शून्यमा आउट गरे।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर काठमान्डुले बलिङ रोजेसँगै पोखरा ब्याटिङमा उत्रिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved