एकै महिलाले ६ बच्चा जन्माएको भन्दै फेक फोटो भाइरल !

जनस्वास्थ्य कार्यालयका प्रमुख भन्छन् झुठो हल्ला फैलाइएछ

उनले भने, ‘हल्ला सुनेर खोजि गरेको थिएँ । तर, जिल्लाका कुनै पनि अस्पतालमा ६ बच्चा जन्मिएको भन्ने भेटिएन । ’

नेपालभ्युज

एकै महिलाले ६ बच्चा जन्माएको भन्दै फेक फोटो भाइरल !

मुगु । शुक्रबार सामाजिक सञ्जालमा फैलिएको मुगुमा एक महिलाले ६ बच्चा जन्माएको भन्दै तस्बिरसहितको पोस्ट फेक रहेको पुष्टि भएको छ ।

बेडमा सुत्केरी जस्तो देखिने महिला सुतिरहेको छेवैमा ६ शिशुहरू लस्करै राखिएको फोटो मुगुको नरहेको देखिएको छ ।

बेडको छेवैमा पाँच जना स्वास्थ्यकर्मीहरू हाँसिरहेको तस्बिर पोस्ट गर्दै धेरैले लेखेको छन् कर्णाली प्रदेशको मुगु जिल्लाको एक सिस्टरले ६ जना बच्चा जन्माइन् ।

धेरैले फेसबुकमा यही तस्बिरसहित यस्तै आशयको स्टाटस पोस्ट र सेयेर गरिरहेको भेटिन्छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय मुगुका प्रमुख डा निर्मल नगरकोटीले जिल्लाभित्र ६ बच्चाको जन्म भएको कतै नपाइएको बताए । उनले भने, ‘हल्ला सुनेर खोजि गरेको थिएँ । तर, जिल्लाका कुनै पनि अस्पतालमा ६ बच्चा जन्मिएको भन्ने भेटिएन । ’

उनले ६ जना सन्तानलाई जन्म दिने कुरा असम्भव नभए पनि स्वास्थ्यका हिसाबले जटिल भएको बताए । त्यस्तो कठिन अवस्थाको गर्भवती हुनेबित्तिकै जिल्ला अस्पताल रेफर भइहाल्छन् । त्यो फोटोबारेमा अनलाईनमा सर्च गर्दा युट्युबमा राखिएको भिडिओबाट लिइएको स्कृतसर्ट देखिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved