करेन्टको पर्वाह नगरी परेवा बचाउने ट्राफिक प्रहरी, सामाजिक सञ्जालमा तारिफ (भिडिओ)

करेन्टको ठुलो जोखिम मोलेर सानो प्राणी परेवाको उद्धारको यो साहसिक कार्य अहिले सामाजिक सञ्जालमा भाइरल छ । ट्राफिक प्रहरी गणेश फुयाँल र ती व्यक्तिको फोटोले धेरैको मन जितेको छ ।

नेपालभ्युज

करेन्टको पर्वाह नगरी परेवा बचाउने ट्राफिक प्रहरी, सामाजिक सञ्जालमा तारिफ (भिडिओ)

काठमाडौं । पाँचथरको जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि केही परेवा बिजुलीको तारमा खेलिरहेका थिए । त्यही क्रममा एउटा परेवा तारमा अड्किएर मर्न लागेको दृश्यले सबैको ध्यान तान्यो ।

एकजना व्यक्ति आफ्नो गाडी सडक बिचमा रोके र उनी गाडीको छतमा उभिएर माथि झुन्डिएको परेवालाई बचाउन अघि सरे ।

उनले गाडीको छतमा चढेर प्रयास गरे पनि उचाइ नपुग्दा परेवालाई निकाल्न सकेनन् । त्यसै बेला सडकमा ड्युटी गरिरहेका ट्राफिक प्रहरी जवान गणेश फुयाँल आइपुगे ।

फुयाँलले उद्धार गर्न खोजिरहेका ती व्यक्तिलाई काँधमा बोकेर थप उचाइ दिए । यसरी ती व्यक्तिले करेन्टबाट परेवालाई तारबाट छुटाएर सुरक्षित रूपमा उडाउन सफल भए ।


यदि केही सेकेन्ड ढिला भएको भए, परेवा मर्न सक्ने अवस्था थियो । अर्को कुरा उद्धारको क्रममा दुवै जनालाई करेन्ट लाग्नसक्ने जोखिम थियो ।

करेन्टको ठुलो जोखिम मोलेर सानो प्राणी परेवाको उद्धारको यो साहसिक कार्य अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

ट्राफिक प्रहरी गणेश फुयाँल र ती व्यक्तिको फोटोले धेरैको मन जितेको छ । परेवा बचाएकोमा सबैले उनीहरूको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved