काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले यो गठबन्धन ढल्यो भने स्वार्थहरुको नयाँ गठबन्धन सरकार बन्ने बताएका छन् ।
महासचिव भुसालले स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा अहिलेको गठबन्धन सबैभन्दा बलियो गठबन्धन भएको पनि उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘सत्ता फासिष्ट बन्दै जाने र सडक अराजक बन्दै जान सक्छ । दोश्रो, यिनीहरुका स्वार्थ र भूराजनीतिक कारणले यो गठबन्धन तोडियो भने यसको ठाउँमा अनेकौँ पार्टीका स्वार्थहरुको नयाँ गठबन्धन सरकार बन्न सक्छ । त्यस्तो गठबन्धन राजनीतिकरुपमा वर्तमान गठबन्धनभन्दा निशन्देशरुपले कमजोर हुनेछ । किनकि वर्तमान संसदभित्र बन्न सक्ने गठबन्धनमध्ये अहिलेको गठबन्धन सबैभन्दा बलियो गठबन्धन हो । यसका ठाउँमा बन्ने सक्ने कमजोर गठबन्धनले पनि मुलुकलाई अझ डरलाग्दो अस्थीरता र अराजनकतातर्फ लैजान नै मद्दत गर्ने छ ।’
साथै, अहिलेको संयुक्त सरकारले जे गरे पनि मुलुकका समस्याहरू समाधान नहुने उनले बताएका छन् ।
भूसालले कांग्रेस र एमालेले अगाडि सारेको संविधान संशोधनको मुद्दाले राजनीतिक अन्तरविरोधलाई अझ बढाउने निष्कर्ष आफ्नो प्रतिवेदनमा लेखेका छन् ।
Facebook Comment
Comment